site stats
बाह्रखरी :: Baahrakhari
खेल
आरएसको सुखद सुरुआत

काठमाडौं । आरएस रिसोर्ट एन्ड बिच फुटबल वुमेन्स टिमले एन्फा महिला लिग छनोटमा सुखद सुरुआत गरेको छ । आरएसले शुक्रबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १० खेलाडीमा सीमित राप्ती फुटबल क्लब वुमेन्स टिमलाई १–० ले पराजित गर्दै छनोटमा सुखद सुरुआत गरेको हो । 

आरएसको जितमा इशा चौधरी निर्णायक बनिन् । इशाले दिलाएको गोल रक्षा गर्दै आरएसले जित निकालेको हो । इशाले खेलको ५१औँ मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् । खेलको ३८औँ मिनेटमा राप्तीकी समीक्षा पौडेलले दोहोरो पहेँलो कार्ड दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो । 

राप्तीले अब दोस्रो खेलमा शीर्ष डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल भदौ ५ गते दिउँसो १ बजे हुने तालिका छ । छनोटमा १४ टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजित यी टिममध्ये पाँच टिमले आगामी राष्ट्रिय महिला लिग छनोटमा स्थान बनाउने छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्