site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि लामिछाने सवार विमान भैरहवाबाट उड्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सवार विमान भैरहवा विमानस्थलबाट उडेको छ । उनलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइँदै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेर उनलाई ललितपुरस्थित नक्खु कारागार लगिनेछ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न लागिएको हो ।

शनिबार (साउन ३१) दिउँसो ३ बजेको फ्लाइटबाट उनलाई काठमाडौं ल्याउने भनिए पनि केही बेर ढिलाइ भयो । कारागार व्यवस्थापन विभागले उनलाई नक्खु ल्याउने निर्णय गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्