देश
रवि लामिछाने सवार विमान काठमाडौंमा अवतरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सवार बुद्ध एयरको विमान काठमाडौंमा अवतरण भएको छ । शनिबार (साउन ३१) बेलुका करिब साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान अवतरण गरिएको हो ।
उनलाई सिधै ललितपुरस्थित नक्खु कारागार लैजाने स्रोतले जानकारी दिएको छ । रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न लागिएको हो ।
शनिबार (साउन ३१) दिउँसो ३ बजेको फ्लाइटबाट उनलाई काठमाडौं ल्याउने भनिए पनि केही बेर ढिलाइ भयो । कारागार व्यवस्थापन विभागले उनलाई नक्खु ल्याउने निर्णय गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ १७:३६
प्रतिक्रिया दिनुहोस्