site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सडक यातायात र पूर्वाधारको अवस्थाबारे छलफल हुँदै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।  

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । 

बैठकमा चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०५:५८
प्रतिक्रिया दिनुहोस्