
काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले लामो समयदेखि काम गरेको पारिश्रमिक नदिने कम्पनी, निर्माता, निर्देशक र कलाकारका चलचित्र बहिष्कार गर्ने भएको छ ।
अब कुनै चलचित्र प्राविधिकले लोमो समयसम्म पारिश्रमिक नदिने चलचित्र निर्माण कम्पनी, निर्माता, निर्देशक र कलाकारका चलचित्रमा काम गर्ने छैनन् ।
संघको बैठक नै बसेर यस्तो निर्णय गरेको हो । नेपाल चलचित्र प्राविधिक संघमा प्राविधिकहरूको पारिश्रमिक नपाएको गुनासो पटकपटक आएपछि संघका कार्यसमिति र क्रियाशील सदस्यहरूबीचको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिए ।
“प्राविधिकहरूले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्माता, निर्देशक, कलाकार वा कुनै पनि चलचित्र र म्युजिक भिडियोहरूमा काम नगर्ने निर्णय गरेका छौँ,” अध्यक्ष लामाले भने ।
प्राविधिकहरूलाई पारिश्रमिक नदिनेहरूको ‘प्रोजेक्ट’मा काम नगर्न प्राविधिकहरूलाई आह्वान गरेको बैठकले त्यस्ता कम्पनी वा निर्माताका चलचित्रमा काम गरे संघले सहयोग नगर्ने चेतावनी समेत दिएको छ ।