site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । भुटानमा हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोलीको बिदाइ गरिएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा मुख्यालयमा भुटान जाने नेपाली टोलीको बिदाइ गरेको हो । 

टोलीको गोलकिपरमा झरना दुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ छन् । त्यसैगरी रक्षकमा दिक्षा रायमाझी, सम्झना चन्द, एलिजा कुमारी विक, ज्ञान्सु डोल्मो लो, प्रतिमा ताडी, अनु माझी, मीनमाया श्रेष्ठ र अन्सु विक छन् । 

त्यसैगरी मिडफिल्डरमा दिकी स्याङबो तामाङ, क्रिस्टिना तामाङ, रविना विक, साहारा लिम्बू छन् । न्यसैगरी फरवार्डमा भूमिका बुढाथोकी, आशिका कार्की, सृजना बढुपाल, अस्मिता मगर, यामकुमारी विक, अनिता रानामगर र दीक्षा रान्पाल छन् । 

बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक चेतनारायाण श्रेष्ठले टोलीले विगतका कमजोरीलाई सुधार्दै जित्ने लक्ष्यका साथ प्रतियोगितामा प्रस्तुत हुने बताए । “पहिलाको यू–१६ भन्दा अहिलेको टोली राम्रो छ जस्तो लाग्छ मलाई । राणनीतिक रूपदेखि हरेक पक्षका कमजोर कुराहरूलाई सुधार्दै हामीले प्रशिक्षण गरेका छौँ । यस पटक च्याम्पियन बनेर आउने लक्ष्य छ । खेलाडीदेखि सबैले धेरै मिहिनेत गरेका छन्,” प्रशिक्षक श्रेष्ठले भने । 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र घरेलु टोली भुटान छन् । प्रतियोगिताका सम्पूर्ण खेल डबल राउन्ड रोबिन प्रणालीमा हुनेछ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ । प्रतियोगिता आगामी अगष्ट २० देखि ३० सम्म आयोजना हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्