
काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार (भदौ २) तीन संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिको बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ ।
प्रतिनिधिसभाअन्तर्गतकै अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।
यी दुवै बैठक सिंहदरबारस्थित सम्बन्धित समितिका सभाकक्षमा बस्नेछ ।