site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयता कार्यान्वयनमा निजामती विधेयक महत्त्वपूर्ण दस्ताबेज : मन्त्री न्यौपाने
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्त्वपूर्ण हुने बताएकी छन् । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री न्यौपानेले भनसुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास गरिन् ।

उनले सरुवा–बढुवा प्रणालीलाई व्यवस्थित र अनुमानयोग्य हुने गरी विधेयकलाई समृद्ध बनाउन आग्रह गरिन् । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन तथा संघीयता कार्यान्वयनका लागि विधेयक महत्त्वपूर्ण दस्ताबेज रहेको उनको भनाइ छ ।

“अब कर्मचारीको भनसुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्त्वपूर्ण हुन्छ,” उनले भनिन्, “अनुमानका आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी हुने कुरामा हामीले सोच्न आवश्यक छ । खासगरी यसको उद्देश्य संघीयतालाई कार्यान्वयन गर्नका लागि महत्त्वपूर्ण हुनेछ ।”

प्रतिनिधिसभाबाट पास भइसकेको विधेयकलाई थप छलफलका लागि राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।

– न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्