site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालमा वाम एकता सम्भव देख्दिनँ : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारी आफूले नेपालमा वाम एकताको सम्भावना बलियो नदेखेको बताइन् ।

सञ्चारकर्मीले वाम एकताबारे राखेको प्रश्नको जवाफमा भण्डारीले भनिन्, "नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन् । सम्भावना नै छैन भनेर भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दिनँ ।"

अर्को प्रसंगमा उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भएको भेटलाई हाउगुजीका रूपमा व्याख्या गर्न नहुने बताइन् । उनले कोइरालासँग अहिले देशमा देखिएका समस्याको समाधानबारे छलफल भएको जिकिर गरिन् ।

"शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ मोरङ विराटनगरको हो । हामी पनि यतै जन्मेर हुर्केको हो । उहाँसँगको भेटलाई एकदमै ठूलो हाउगुजीका रूपमा लिनुपर्ने म ठान्दिनँ," उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्