site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ह्युन्डाई नेपालले ल्यायो ‘दसैँ–तिहार, १० गुणा उपहार’

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दसैँतिहारलाई लक्षित गर्दै विशेष अफर ‘दसैँ–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ ।

चाडपर्वलाई अझ रोचक र उल्लासपूर्ण बनाउन ह्युन्डाईले हरेक वर्षझैँ यसपटक पनि आकर्षक प्रस्ताव ल्याइएको कम्पनीको दाबी छ ।

अफरअन्तर्गत, ग्राहकहरूले ह्युन्डाई गाडी खरिद गर्दा आठ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर पाइनेछ ।

ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनसको सुविधा पनि पाउनेछन् । यतिमात्र नभई, प्रत्येक गाडी खरिदमा एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध गराइनेछ ।

ह्युन्डाईले आफ्ना गाडीहरूमा तीन वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिने घोषणा पनि गरेको छ । जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

कम्पनीले सबै अटोप्रेमी तथा सम्भावित ग्राहकलाई नजिकैको ह्युन्डाई सोरुममा पुगेर यो विशेष अफरको लाभ लिन निमन्त्रणा गरेको छ । ‘दसैँ–तिहार, १० गुणा उपहार’ अफर भदौ २ देखि लागु हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्