काठमाडौं । सामसङले २०२५ को प्रिमियम क्यूएलईडी टेलिभिजन श्रृंखला नेपालमा सार्वजनिक गरेको छ । सामसङले ‘भिजन कृत्रिम बुद्धिमत्ता’ प्रविधि ल्याएको जनाएको छ । जसले टेलिभिजन अनुभवलाई अझ स्मार्ट, जीवन्त र व्यक्तिगत बनाउने दाबी गरेको छ ।
अत्याधुनिक कृत्रिम बुद्धिमत्ता क्षमतासहित आएको यो नयाँ श्रृंखलाले तस्बिर र आवाजलाई वास्तविक समयमा वातावरणअनुसार समायोजन गर्ने तथा प्रयोगकर्ताको बानी सिक्दै व्यक्तिगत सुझाव र नियन्त्रण सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।
सामसङ भिजन कृत्रिम बुद्धिमत्तामा (एआई) मोड, कृत्रिम बुद्धिमत्ता अनुभव र बहु–उपकरण जडान सुविधा हो । कृत्रिम बुद्धिमत्ता मोडले गहिरो अध्ययन प्रविधिमार्फत स्क्रिन र आवाजलाई स्वचालित रूपमा मिलाउँछ कम्पनीको दाबी छ ।
कृत्रिम बुद्धिमत्ता अनुभवले प्रयोगकर्ताको प्राथमिकता सिकेर टेलिभिजन सेटिङलाई व्यक्तिगत बनाउँछ । मोबाइल फोन वा अन्य सामसङ उपकरणहरूसँग सजिलै जडान हुने सुविधाले प्रयोगकर्तालाई सम्पूर्ण सामसङ प्रणालीभित्र कन्टेन्ट र नियन्त्रण अनुभव दिन्छ ।
प्रयोगकर्ताले रिमो बिना हातका इसारामार्फत टेलिभिजन नियन्त्रण गर्न सक्नेछन् । कम गुणस्तरको कन्टेन्टलाई उच्च गुणस्तरमा हेर्न सक्नेछन् । टेलिभिजन स्क्रिनलाई कला–क्यानभासमा बदल्न सक्नेछन् र घरपालुवा जनावर वा बच्चाको गतिविधि पनि टेलिभिजनले पत्ता लगाएर प्रयोगकर्तालाई सचेत गराउनेछ ।
सामसङ नेपालका व्यवसाय प्रमुख मिलनकुमार झाका अनुसार, भिजन कृत्रिम बुद्धिमत्ता प्रविधिले ‘यो तपाईंको कार्यक्रम’ भन्ने नारासहित प्रयोगकर्तालाई पूर्ण नियन्त्रण दिने नयाँ युग सुरु गरेको छ ।
“हाम्रो नयाँ कृत्रिम बुद्धिमत्ता टेलिभिजनहरूले प्रत्येक दृश्यमा नयाँ जीवन भरेका छन्, जसले घरमै सिनेमा जस्तो अनुभव दिलाउँछ । यसले प्रिमियम टेलिभिजन क्षेत्रमा हाम्रो नेतृत्व अझै मजबुत बनाउनेछ भन्ने विश्वास छ” झाले भने ।
नेपालमा ल्याइएका क्यूएलईडी उच्च–गुणस्तर प्रमुख छन् । यी टेलिभिजनहरू क्वान्टम डट प्रविधि, डल्बी ध्वनि प्रणाली, उच्च गुणस्तर ध्वनि प्रसारण प्रणाली, स–सुकिला डिजाइन र सिर्जनात्मक पृष्ठभूमि समर्थनसहित आएका छन् । साथै, सामसङले यी उपकरणमा सात वर्षसम्म निःशुल्क अपरेटिङ प्रणाली सुधार उपलब्ध गराउने वाचा गरेको छ, जसले उपभोक्तालाई लामो समयसम्म सुरक्षित, अद्यावधिक र प्रिमियम अनुभव दिनेछ ।
क्यूएलईडी मोडेलहरूको मूल्य १८ लाख दुई हजार ९९० देखि ३९ लाख ९ हजार ९९० रुपैयाँसम्म रहेको छ ।