site stats
बाह्रखरी :: Baahrakhari
देश
म्याग्दीमा पहिरोमा परी दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

म्याग्दी (बेनी) । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी पाँचजना घाइते भएका छन् । 

सोमबार दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुंगा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार, घाइतेहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम लगिएको छ । घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका अन्य मजदुरले घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले रघुगंगा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रासस

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्