
काठमाडौं । नाडा अटो–शो २०२५ सुरुआतमै स्काइवेलले ‘युरोप टुर फर फ्यामिली’ अफर सार्वजनिक गरेको छ । स्काइवेलका विद्युतीय सवारीका आधिकारिक वितरक जी मोटर्स प्रा. लि.ले नाडाको अटो एक्स्पोमा बुकिङ गर्दा उपलब्ध हुनेछ ।
कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालका अनुसार, यो अफर नाडा अटो–शो अवधिभर स्काइवेलको स्टल एच१२ मा भ्रमण गरी कुनै मोडल बुकिङ गर्दा उपलब्ध हुनेछ ।
स्किमअन्तर्गत ग्राहकहरूले स–परिवार युरोप घुम्ने अवसर पाउनेछन् र युरोपमा स्काइवेलको टेस्ट ड्राइभ गर्ने सुविधा पनि प्राप्त हुनेछ ।
नाडा–शोमा बुकिङ गर्ने हरेक ग्राहकलाई डायमन्ड नेकलेस उपहार दिइने कम्पनीले जनाएको छ । साथै, एकजना भाग्यशाली ग्राहकले रोलेक्स घडी जित्ने मौका पाउनेछन् । नयाँ सवारी किन्ने ग्राहकलाई एक्सचेन्ज बोनस रकम, ८० प्रतिशतसम्मको न्यून ब्याजदरको लोन सुविधा र एक आर्थिक वर्षको कर छुट पनि प्रदान गरिनेछ ।
स्काइवेलका सवारीहरूको उच्च १५० किलोवाट पावर र प्रीमियम गुणस्तरले नेपालका विभिन्न भू–भागमा सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
स्काइवेल ६५ भन्दा बढी देशहरूमा बिक्री भइसकेको छ । जसमध्ये जर्मनी, बेलायत, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल र पोल्यान्ड प्रमुख छन् । नेपालमा पनि स्काइवेलले युरोपियन गुणस्तरका प्रिमियम सवारी उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको छ ।