site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज आकस्मिक बाढीको ‘मध्यम’ जोखिम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही साना नदीमा आज (भदौ ३) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

इलाम, झापा, मकवानपुर, चितवन, कास्की, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, गोरखा, जाजरकोट, दैलेख, रोल्पा, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।

मंगलबार बिहानको मापनमा कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्