site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्या भण्डारीको कार्यक्रममा नजान एमाले विराटनगरको सर्कुलर

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को मोरङ जिल्ला पार्टी कार्यालय जाने भएपछि पार्टीका इन्चार्ज परशुराम बस्नेतले कार्यालयमा कुनै छलफल आयोजना नभएको सर्कुलर जारी गरेका छन् ।

मंगलबार बस्नेतले सामाजिक सञ्जालबाट जिल्ला पार्टी कार्यालयमा कुनै प्रकारको कार्यक्रम नरहेको बताएका छन् । उनले पार्टी जिल्ला कार्यालय वा विराटनगर महानगरभित्र कुनै औपचारिक कार्यक्रम नरहेको बताएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत गलत सूचना फैलाइएको बताएका छन् । कार्यालयमा केन्द्र, प्रदेश र जिल्ला तह कतैबाट कुनै कार्यक्रम तय नगरिएको उनको भनाइ छ ।

भण्डारी सोमबार विराटनगर आएकी हुन् । भण्डारीले पार्टी कार्यालय अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्