site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेल भनेको ससुराली होइन : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित ‘जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने’ टिप्पणी गरेका छन् । मंगलबार (भदौ ३) सिंहदरबारमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

“जेल भनेको त ससुराली गएको होइन नि ! ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि,” उनले भने, “त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि, तिनीहरू चोर हुने, अहिले ठगैचाहिँ असल हुने ?”

नेकपा (एमाले) र कांग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू हाल विकास भएको उनले बताए । नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व ‘पानीमाथिको ओभानो’ नरहेको उनको टिप्पणी छ ।

“एउटा कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन्,” उनले भने, “योचाहिँ पार्टी गतिलो छ भनेर कुनचाहिँ छ उदाहरण दिनुस् न । व्यक्ति पनि एउटाको उदाहरण दिनुस् !”

मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेले आफ्ना सांसदलाई बोलाएर हस्ताक्षर गराएका छन् । हस्ताक्षरको कारणबारे भने खुलाइएको छैन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्