site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१२८ देशसँग व्यापारघाटा, २५ सँगमात्रै नाफा– ११ देशमा निर्यात र ४३ देशबाट आयातमात्रै

काठमाडौं । नेपालको वार्षिक व्यापार घाटा बढेर ११ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४–७४ मा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएकोमा ८१ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा मात्र आयात भएको हो ।

यो वर्षिक बजेट घाटा आव २०७३–७४ को भन्दा २७ दशमलव ५२ प्रतिशत बढी हो । त्यसमध्ये आयात गरिएको वस्तु तथा सेवाको मूल्य अघिल्लो आवको तुलनामा २६ दशमलव ३१ प्रतिशतले बढ्दा निर्यातमा ११ दशमलव ६२ प्रतिशतमात्र बढी हो ।

विभागको तथ्यांक अनुसार अघिल्लो आवमा कूल ९ खर्ब ८४ अर्ब रुपैयाँको मात्र आयात भएको थियो भने ७३ अर्ब ३ अर्ब ६२ लाख रुपैयाँको निर्यात भएको थियो । विभागका अनुसार गत आर्थिक वर्षको कूल व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा भारतसँग छ । अघिल्लो वर्ष ६ खर्ब रुपैयाँ रहेको भारसँगको व्यापार घाटा गतवर्ष बढेर ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । गत आव भातबाट ८ खर्ब १० अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा ४६ अर्ब ६० करोड रुपैयाँको मात्र निर्यात भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै व्यापार घाटाको आधारमा चीन दोस्रो स्थानमा रहेको छ । गत आव चीनबाट १ अर्ब ५९ करोड रुपैयाँको आयात भएकोमा २४ अर्ब ३७ करोड रुपैयाँको मात्र निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार गत आव सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ आयात भएको छ । आयात पेट्रोलियम पदार्थको आयात २६.३१ प्रतिशतले बढ्दै १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी फलाम तथा स्टिलको आयातले कूल आयातको दोस्रो ठूलो हिस्सा ओगट्छ । वर्षभरी फलाम तथा स्टिरको आयात ३४ प्रतिशतले बढ्दै १ खर्ब २६ रुपैयाँ पुग्दा मेसिनरी औजारको आयात भने १ खर्ब २४ अर्ब रुपैयाँको भएको छ । यो अघिल्लो वर्षको भन्दा ५१ प्रतिशत बढी हो ।

विभागका अनुसार आयातको ठूलो हिस्सा ओगेट्नेमध्ये सबैभन्दा कम वृद्धिदर गाडी लगायत अटोमोबाइल्सको आयातमा भएको छ । अघिल्लो आव सवारीसाधनको कूल आयात मात्र ८ प्रतिशतले बढेर ४४ अर्ब रुपैयाँ पुगेको छ । यसअवधिमा खाद्य पदार्थको आयात पनि ४४ अर्ब रुपैयाँकै आसपासमा रहेको छ ।

भन्सार विभागका वार्षिक १ लाख रुपैयाँभन्दा बढी वैदेशिक व्यापार हुने देशमध्ये गत आव १२८ वटा देशसँग व्यापार घाटा रहेको छ । ती मध्ये सबैभन्दा धेरै भारत र दोस्रो स्थानमा चीन रहँदा फ्रान्स, थाईल्यान्ड, भियतनाम, इन्डोनसिया, यूएई, अर्जेन्टिना, दक्षिण कोरिया र मलेसिया तेस्रोदेखि क्रमशः दशौं नम्बरमा पर्छन् ।

२५ देशसँग व्यापार नाफा
विभागका अनुसार गत आर्थिक वर्ष २५ वटा देशसँग मात्र व्यापार नाफा रहेको छ । वैदेशिक व्यापारमा नाफा हुनेमा टर्की पहिलो नम्बरमा छ । गत आवमा टर्कीबाट २ अर्ब ७० करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ६७ करोड रुपैयाँको निर्यात भएको हो । यसहिसाबमा टर्कीसँग रहेको कुल व्यापार नाफा १ अर्ब ९७ करोड रुपैयाँ हुन आउँछ ।

यो सूचीमा संयुक्त अधिराज्य दोस्रो स्थानमा छ । संयुक्त अधिराज्ययबाट वर्षभर २ अर्ब ६३ करोड रुपैयाँको आयात भएकोमा २ अर्ब ८४ करोड रुपैयाँको निर्यात भएको हो ।
नेपाललाई व्यापार नाफा भएका अन्य राष्ट्रमा कुवेत, स्लोभेनिया, लेबनान निकारागुवा, क्रोएसिया, अफघानिस्तान, काजाकस्तान, आइसल्यान्ड र ब्रुनाई रहेका छन् । त्यसैगरी, यमन, बोस्निया एन्ड हर्जिगोभिनिया, बोलिभिया, अजरबैजान, जाम्बिया, पानामा, अर्मेनिया, जिम्बाब्वे, बाहामास, बुरुन्डि, जुबुटी, ताजकिस्तान, न्यु क्यालेडोनिया, उरुग्वेसँग पनि नेपालको व्यापार नाफा रहेको छ ।

१२ देशमा १ अर्बभन्दा बढीको निर्यात, अमेरिका दोस्रोमा
नेपालबाट सबैभन्दा धेरै निर्यात भारतमा हुने गरेको छ । गत आवमा भारतमा भएको कूल निर्यात ४६ अर्ब ६० करोड रहँदा दोस्रो नम्बरमा परेको अमेरिकामा ९ अर्ब १६ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

त्यसैगरी टर्कीमा वर्षभरी ४ अर्ब ६७ करोड रुपैयाँको निर्यात हुँदा जर्मनीमा ३ अर्ब १३ करोड रुपैयाँको निर्यात भएको थियो । त्यस्तै गत वर्षभर निर्यात भएको आधारमा संयुक्त अधिराज्य पाचौं नम्बरमा रँहदा निर्यातका आधारमा चीन छैटौं स्थानमा रहेको छ । त्यसैगरी इटाली, प्राmन्स, बंगलादेश, जापान, यूएई र क्यानाडामा भएको निर्यात १ अर्ब रुपैयाँभन्दा बढी रह्यो ।

११ देशमा निर्यात मात्रै, ४३ देशबाट आयात मात्रै

भन्सार विभागका गत आवमा ११ देशमा निर्यात मात्रै भएका छन् भने ४३ देशबाट आयात मात्र भएका छन् ।

नेपालबाट वस्तु तथा सेवा निर्यात मात्रै हुने देश यसप्रकार छन् ।
अजरबैजान
जाम्बिया
पानामा
अर्मेनिया
जिम्बाब्वे
बाहामास
बुरुन्डि
जिबुटी
ताजकिस्तान
न्यु क्यालेडोनिया
उरुग्वे

त्यस्तै यी देशबाट नेपालमा वस्तु तथा सेवा आयात मात्रै हुन्छन् ।
मोजाम्बिक
मालावी
माडागास्कार
मोल्डोभा
नाइजेरिया
बेलारुस
भेनेजुयला
इक्वेडर
टोगो
उज्वेकिस्तान
ईथियोपिया
डोमिनिकन रिपब्लिक
कोमारस
टोकेलाउ
माली
सुरिनाम
बेनिन
मोन्टेनेग्रो
सिरियन अरब रिपब्लिक
इस्ले अफ म्यान
एल साल्भाडोर
मेसेडोनिया
आइभेरि कोस्ट
कोकोस आइल्यान्ड
सर्विया
होन्डुरस
ट्युनिसिया
गिनिया
हाइटी
सामोआ
आयोस
केप भर्डे
सान म्यारिनो
सेनेगल
लिचेस्टाइन
क्युवा
टर्क एन्ड काइकोस आइल्यान्ड
सेन्ट भिसेन्ट एन्ड ग्रेनाडिन
पोर्टो रिको
क्रिसमस आइल्यान्ड
सेरा लियोन
भ्याटिकन
इराक
ब्रिटिस इन्डियन ओसियन टेरिटोरी

प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  १८:०७
प्रतिक्रिया दिनुहोस्