
काठमाडौं । सवारीसाधन तथा ‘अटो कम्पोनेन्ट्स’ सम्बन्धी सम्पूर्ण जानकारी एउटै थलोमा उपलब्ध गराइ नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेका आधुनिक तथा प्राविधिक विकासको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष ‘नाडा अटो शो’ आयोजना हुँदै आएको छ ।
सर्वाधिक प्रतीक्षित नाडा अटो शो मंगलबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु यो प्रदर्शनी नेपाली सवारीप्रेमीका लागि कुम्भ मेला नै हो । यसपालिको शो विगतभन्दा भिन्न अवश्य छ किनकी यो वर्ष गाडीका मल्टिभेराएन्ट्स उपलब्ध छन् । यो वर्ष अवलोकनकर्ताले नयाँ मोडलका गाडी हेर्ने अवसर त पाउने छन् नै, सधैंजसो त्यो गाडी आफ्नो बनाउन बुकिङ पनि गर्न पाइनेछ ।
यसपालि नाडा अटो शोमा उपलब्ध हुने गाडीमा डिजेल र पेट्रोल इन्जिन भएका एसयुभी, सिएसभीदेखि मोटरसाइकल, स्कुटर तथा इलेक्ट्रिक भेइकल (विद्युतीय सवारी) पनि बुकिङ गर्न सकिने छ । प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारीसाधनका साथै नयाँ प्रविधि विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, टायर ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एक्सेसोरिजलगायत नेपालमै उत्पादित सामग्री पनि छन् ।
यो संस्करणको नाडा अटो शोका मुख्य आकर्षणको रूपमा रहेका ४ पांग्रे सवारी यसप्रकार छन् । तरm विद्युतीय सवारीलाई कम्पनीहरूले जोडतोडका साथ प्रस्तुत गरेका छन् ।
१) टाटा टिगोर ईभी
मूल्य: ३० देखि ३२ लाख रुपैयाँ
विशेषताः
– टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो सोका लगि इलेक्ट्रिक भेइकल ल्याएको
– ३० किलोवाटको विद्युतीय मोटर लगाइएको
– पूर्ण चार्ज हुँदा २ सय ५० किलोमिटर माइलेज दिने
– २१६ एएच, ७२ भोल्ट ब्याट्रीबाट सञ्चालित
– उच्च गति १ सय किलोमिटर प्रतिघण्टा
– अधिकतम् आउटपुट ३० किलावाट प्रति ४५ सय आरपीएमका साथ ४० बीएचपी पावर
– ग्राउन्ड क्लियरेन्स १७० मिमि
२) हुन्डाई आयोनिक ईभी
मूल्यः ५२ लाख १७ हजार रुपैयाँ
विशेषता
– हेर्दा अति नै आकर्षक देखिने यसको लुक्स कुनै इन्धन लाग्ने सवारीको भन्दा कम नभएको
– १ सय २० हर्सपावर र २ सय ९५ एनएम टर्क दिने
– फुल चार्जमा ३ सय किलोमिटरसम्म
– फास्ट चार्जिङ प्रयोग गर्दा ब्याट्रि एक घण्टामा ८० प्रतिशत चार्ज हुने
– उच्च गति १ सय ५० किलोमिटर प्रतिघण्टा
– एरोडाइनामिकल्ली डिजाइन गरिएको
३) सुजुकी स्विफ्ट तेस्रो संस्करण
मूल्यः भीएक्सआई – २८ लाख ९९ हजार, जेडएक्सआई– ३१ लाख ९९ हजार रुपैयाँ
विशेषता
– उच्च सुरक्षा, आकर्षक लुक्स र उत्कृष्ट पर्फमेन्ससहति ग्राहकमाझ सर्वाधिक रुचाइएको कार
– पावर र तौलको उत्कृष्ट अनुपात र सुधार गरिएको एक्सिलेरेसन पर्फमेन्स्
– भीएक्सआई र जेडएक्सआई पेट्रोल भर्सनमा उपलब्ध
– सुरक्षा नै विशेष आकर्षण
– डुअल एअरब्याग, एबीएस, ईबीडी, रिभर्स पार्किङ सेन्सर, सिटबेल्ट वार्निङलगायत सेफ्टी फिचर स्ट्यान्डर्ड
– चाइल्ड लक तथा पेडिस्ट्रियन प्रोटेक्सन
– सिंगल एपेर्चर फ्रन्ट ग्रिल, राउन्डसेप्ड फगलाइट र उठेको बम्पर,
– स्पोर्टी, आकर्षक र मस्कुलर
– भर्टिकल डोर ह्यान्डल, सिल्भर कलरको १५ इन्चको “कट–टु–टोन” एलोय ह्वील, डिफगर सेन्सर
– बढेको लेग स्पेस, स्मार्ट कि, पुसबटन स्टार्ट, अटो क्लाइमेट कन्ट्रोल (अटोमेटिक एसी), लेदर र्याप्ड फ्ल्याट स्टेरिङ, टेरिङमा अडियो कन्ट्रोल
४) जिप कम्पास
मूल्यः करिब ६८ लाख ५० हजार देखि ९६लाख ५० हजाररुपैयाँ
विशेषता
– भारतीय बजारमा तहल्का मच्चाइरहेको
– जिपको सिग्नेचर सेभेन स्लट ग्रिल र दुई छेऊमा ठूला हेडलाइट प्रयोग
– डेलाइट रनिंग ल्याम्प, बम्परमा फग लाइट र डुअल टोन इफेक्ट
– १७ इन्चका ठूला चार वटा पांग्रा, बोल्ड डिजाइन ल्यांग्वेज
– स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध
५) जिप रेंगलर
मूल्यः २ करोड ५० लाख रुपैयाँ
विशेषता
– ‘आइकनिक’ डिजाइन
– पारम्परिक लुक्स र डिजाइनयुक्त ठूलो बम्पर, आइकनिक ग्रिल र ठूल्ठूला टायर
– नेपालमा आएको रेंगलर अनलिमिटेडमा २.८ लिटरको इन्जिन
– ६ सिलिन्डरयुक्त एसयुभी ५ स्पिड अटोम्याटिक गियर
– ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क
– ड्राइभर र फ्रन्ट पेसेन्जर एयर ब्याग, एबीएस विथ इलेक्ट्रोनिक स्टाबिलिटी एन्ड ब्रेक एसिस्ट, इमोबिलाइजर, सेक्युरिटी अलार्म, स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डोर लक, ब्लाइन्ड स्पट डिटेक्सन
६) वक्सवागन पोलो १.०
मूल्यः २६ लाख ९५ हजार (पहिलो १ सय ग्राहकका लागि २५ लाख ५० हजार)
विशेषता
– ९९९ सीसी र ७६ एजपी इन्जिन,
– एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ
– नेपालको आर्थिक वर्ष ०७५–०७६को बजेटमा व्यवस्था भए अनुसार १ हजारसीसी भन्दा माथिका गाडीमा कर बढाइएकाले पोलो १.० खरीदमा ग्राहकले कुनै अतिरित्त भार नपर्ने
७) स्कोडा कोडियाक
मूल्यः १ करोढ ४९ लाख रुपैयाँ
विशेषता
– २.० लिटर ४ सिलिन्डर इन्जिन, सेभेनस्पिड डिएसजी अटोमेटिक गियर बक्स
– डिजेल इन्जिनले अधिकतम १५० पीएस शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्ने
– अलह्विल ड्राइभ र बर्ग वार्नर अनडिमान्ड ४बाई४ सिस्टम
– ४,६९७ एमएम लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो
– ग्राउन्ड क्लेरेन्स १८८ एमएम
– बुटस्पेस २७० लिटर छ जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २००५ लिटरसम्म पुर्याउन सकिने।
– बटरफ्लाई ग्रिल, फुल लिड हेडलाइट र कर्नरिंग लाइट, १८ इन्चको एलोइ ह्विल, थ्रि डि लुक दिने टेलल्याम्प
– पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च
– सुरक्षाका लागि ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेक आदि
८) टोयोटा रस
मूल्यः ६६ लाख ९० हजार देखि ७५ लाख ५० हजार
विशेषता
– ४ वटा भेरियन्टमा उपलब्ध
– फ्रन्ट फग ल्याम्पसहितको अटो लाइट कन्ट्रोल हेडलाइट, फ्रन्ट ग्रिल, १७ इन्चको टायर, एन्टी लक ब्रेकिङ सिस्टम, एयर ब्याग, ह्विल स्टार्ट असिस्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोलसहित भेहिकल स्टेबिलिटी कन्ट्रोल सिस्टम (भीएससी) जस्ता आधुनिक विशेषता
– १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन, १०४ पीएस पावर र १३६ एनएम टर्क प्रदान
९) महिन्द्रा भेरिटो ईभी
मूल्यः २८ लाख ८० हजार रुपैयाँ
विशेषता
– ७२ भोल्ट इन्डक्सन मोटर प्रयोग
– ३०.५ किलो भोल्टको पावर र ९१ न्युटन मिटरको टर्क
– २ सय एएचको लिआयोन बेट्रि प्रयोग गरिएको
– फास्ट चार्जिङबाट पौन २ घण्टामा फुल चार्ज हुने ब्याट्रीले १ सय १० किमि यात्रा गर्न मिल्ने
१०) सोल ईभी
मूल्यः ५८ लाख रुपैयाँ
विशेषता
– १ सय ४५ किमि प्रतिघन्टा गतिमा दौडिन सक्ने
– गुरुत्व केन्द्र कम उचाईमा रहेको, बढी स्थिर रहने तथा टर्क पनि धेरै भएको
– एसयुभी प्लाटफर्म रहेको एकमात्र इलेक्ट्रिक कार,
– २७ किलोवाट तथा ३ सय ६० भोल्टको १९२–सेल लिथियम ब्याट्री प्रयोग
– साधारण अवस्थामा ८ घन्टामा फूल चार्ज हुने,
– ७ वर्ष तथा ७० हजार किमिको वारेन्टी रहेको
११) न्यू महिन्द्रा एक्सयूभी ५००
मूल्यः ६१ लाख ८० हजार रुपैयाँ
विशेषता
– आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो स्पोर्ट युटिलिटी भेहिकल
– १५५ हर्सपावर र ३६० एनएम टर्क शक्ति उत्पन्न गर्ने
– छैठौं पुस्ताको विद्युतीय रूपमा नियन्त्रित भेरियबल जियोमेट्री टर्बोचार्जरले यो गाडीलाई बढी ऊर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले
– ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ, न्यू स्मार्ट वाच कनेक्टिभिटी, जीपीएस नेभिगेसनसहित सात इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट
– ६ वटा एयरब्याग, स्मार्ट वाच कनेक्टिभिटी सुविधा, एबीएससहित ईबीडी र उकालो ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक