
काठमाडौं । दुई पांग्रे सवारी (बाइक, स्कुटर) किन्न खोज्दै हुनुहुन्छ भने केही दिनका लागि राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१८’ उपयुक्त थलो हुनसक्छ । मंगलबार सुरु भएको अटो शोलाई दुई पांग्रे तथा चार पांग्रे सवारीसधान खरिद–बिक्रीको ‘कुम्भ मेला’ मान्ने गरिन्छ ।
यसपालिको नाडा अटो शोमा सहभागी २० वटा दुई पांग्रे सवारीसाधन कम्पनीले विभिन्न मोडलका बाइक तथा स्कुटर प्रदर्शनीमा राखेका छन् । आफ्नो रुची र आर्थिक क्षमताअनुसार २ पांग्रे सवारी छान्न सकिन्छ । तर, अहिलेसम्म नाडा अटो शोमा पुग्नुभएको छैन भने उक्त शोमा प्रमुख आकर्षणका रूपमा रहेका बाइक तथा स्कुटरको सूची तयार पारेका छौं । नाडा अटो शो लक्ष्य गरी धेरै कम्पनीले भर्खरै सार्वजनिक गरेका बाइक तथा स्कुटर यस्ता छन् :
अपाचे आरआर–३१०
मूल्यः ७ लाख ८० हजार रुपैयाँ
– टिभिएसको सुपर प्रिमियम मोटरसाइकल
– टिभिएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति, आकर्षक डिजाइन, शक्तिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिङ डाइनामिक्सले भरिपूर्ण
– रेजर सार्प ह्यान्डलिङ र सुपेरियर प्रविधि
– सबैभन्दा उत्कृष्ट र एक्सक्लुसिभ
– ३१२.२ सिसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिनले ३४ पिएस प्रति २९७०० आरपिएम आउटपुट
– पावर २७.३ एनएमआर पिएम
– ६ स्पिड गियर बक्स, अधिकतम स्पिड १६० किलोमिटर प्रतिघन्टा
– शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको स्पिड मात्र २.९ सेकेन्डमा
– एडभान्स एरोडाइनामिक्स
– सिधा बाटोमा बाइकको शक्तिको प्रवाह बढाउन लाइट वेट ट्रेलिस फ्रेम च्यासिस, घुम्तीमा गतिमा असर नपार्न फ्लेक्स प्रयोग
– रिभर्स इन्काइन डिओएचसी इन्धन र एलसिओसी प्रविधि सम्मीश्रण, कम्प्याक्ट लेआउटले सही पावर टु वेट अनुपात र वजन केन्द्रीकरण
– आकर्षक र स्पोर्टी डिजाइन
– थर्मल म्यानेजमेन्ट सिस्टम र स्पेसल गिल प्रोफाइलले चालकको खुट्टामा पर्ने तातोपनालाई बचाउने तथा इन्धनको तातोपनालाइ चिसो बनाउने
– रेसिङ रेड र सिनिस्टर ब्ल्याक गरी दुइ आकर्षक रङमा उपलब्ध
अपाचे आरटिआर १६०भी र अपाचे आरटिआर २००भी
नाडा अटो शो लक्ष्य गरी टिभिएसले यसअघि पनि अपाचे आरटिआर १६० फोरभी र करिब २ महिनाअघि आरटिआर–२०० फोरभी ल्याइसकेको छ ।
यामाहा आर१५ भर्सन ३.०
मूल्यः ४ लाख १७ हजार रुपैयाँ
– १५५ सिसी सिंगल सिलिन्डर, ४ भल्ब तथा लिक्विड कुल्ड इन्जिन
– १९.३ पिएस पावर र १५ एनएम प्रति ८५०० आरपिएम टर्क
– ६ स्पिड गियरबक्स, फुल एलइडी हेडल्याम्प र स्लिपर क्लच, अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका साथै एलइडी टेल ल्याम्प
– डुअल डिस्क ब्रेक
– ग्राउन्ड क्लियरेन्स १७० एमएम
यामाहा एक्सटिजेड १२५
मूल्यः ३ लाख ८० हजार
– १५२ सिसी, २ भल्ब तथा लिक्विड कुल्ड इन्जिन
– १२.३३ पिएस पावर र ११.६ एनएम टर्क
– किक स्टार्ट
– डुअल डिस्क ब्रेक
– ग्राउन्ड क्लियरेन्स २६० एमएम
पल्सर १५० टीडी
मूल्यः २ लाख ५५ हजार ९ सय रुपैयाँ
– दुईवटा डिस्क ब्रेक
– सार्प डिजाइन र ब्ल्याक–ब्लु, ब्ल्याक–रेड तथा ब्ल्याक क्रोम गरी तीन रंगमा उपलब्ध
– १७ इञ्च एलोय ह्विलमा मेट ब्ल्याक
– मोटो ह्विल, मोटो टायर, चेसिस र सकर पनि पहिलाको तुलनामा ठूलो
– स्प्लिट सिट, स्प्लिट ग्रेब रेल, आल्मुनियम फिनिस फुटपेज
– स्विङआर्म पहिलेको भन्दा थोरै मोटो, ह्विल बेससमेत बढाइएको
– १४९.५ सिसी सिंगल सिलिन्डर डिटिएसआइ इञ्जिन, दुईवटा भल्ब
– ८ हजार आरपिएममा १४ बिएचपी पावर र ६ हजार आरपिएममा १३.४ एनएम टर्क
– १५ लिटर पेट्रोल ट्यांकी
– पाँच गियरमा उपलब्ध
हिरो एक्स्ट्रिम २०० आर
मूल्यः २ लाख ८६ हजार ५ सय रुपैयाँ
– युवालाई रोमाञ्चक महसुस गराउने
– एन्टी–लक ब्रेक सिस्टम (एबिएस) जडित
– नयाँ प्रणालीको बिएस आइभी २०० सिसी एयर कुल्ड इन्जिन
– ८ हजार आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६ हजार ५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क
– ४.६ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्ने,
– उच्चतम गति प्रतिघन्टा ११४ किलोमिटर
– हलुका वजन र दह्रो फ्रेमको प्रयोग
– स्पोर्टी हेडलाइट पाइलट लाइट, टेल ल्याम्प
– १७ इन्च, १३० देखि ७० चौडाइको रियर रेडियल टायर
– प्यान्थर ब्ल्याक विथ फोर्स सिल्भर, टेक्नो ब्लु, ब्ल्याक विथ स्पोर्ट रेड र स्पोर्ट रेड कलर
जेडआर ‘स्ट्रिट र्याली’
मूल्यः मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ
– विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरूबाट प्रभावित
– एडिसनल पावर र स्टाइलको उत्कृष्ट सम्मीश्रण
– र्याली रेड र रेसिङ ब्लु गरी दुई रंगमा उपलब्ध
– अद्वितीय स्पोर्टी ग्राफिक्स, बोल्ड तथा मस्कुलिन
– फ्रन्ट डिजाइन यामाहाको चर्चित एमटी–०९ बाट प्रभावित
– नयाँ ‘नकल गार्ड’ ले हेन्डल ग्रिपमा हावाको गतिलाई छेक्ने
– फ्रन्ट फेन्डरले हिलो छ्यापिनबाट बचाउनुका साथै स्पोर्टी
– स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’
– स्थिर ‘एक्सिलिरेसन’ र पिकअप दुवै दिलाउने ‘कन्टिनियस्ली भेरिएबल ट्रान्समिसन’ (सिभिटी) युनिटसहितको एयरकुल्ड, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, ११३ सिसीको ‘ब्लु कोर’ इन्जिन
– १७० एमएम डायमिटरको फ्रन्ट डिस्क ब्रेक र एलोय ह्विल
– २१ लिटर क्षमताको सिट स्टोरेज, आधा लिटरको बोटल अट्ने पकेट, कि सेक्युअर ग्रिप सिस्टम, आकर्षक टेल लाइट, दुई तहको आरामदायी सिट
टिभिएस एनटर्क
मूल्यः २ लाख २४ हजार ९ सय रुपैयाँ
– प्रविधिमैत्री नेपालको पहिलो स्कुटर
– १२६.८ सिसीको एनटर्कको डिजाइन आकर्षक
– नेभिगेटर, फोन कलर आइडी डिस्प्ले, लोकेसन सहयोगी, ब्लुटुथ र राइड सेयर स्ट्याटस
– ५.५ लिटर इन्धन क्षमता
– उच्चतम ९५ किलोमिटर प्रतिघन्टाको गति
– नेपालमैै पहिलोपटक मोबाइल कनेक्ट गर्ने फिचर, मोबाइलमा एक एप डाउनलोड गरेर ब्लूटुथबाट स्कुटरमा मोबाइललाई कनेक्ट गर्न सकिने, त्यसपछि चालकले कसले कल वा मेसेज गरेको छ भन्ने स्कुटरको डिजिटल कन्सोलमा देख्न सक्ने
– स्पोर्ट मोडमा रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिने
– ३ ट्रिप मिटर, फ्युल लेबल, स्पिड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर्स
– लो फ्युल वार्निङले रिजर्भमा आएपछि कति दुरी पार गरेको छ भन्ने देखाउने तथा अब कति किलोमिटर दौडिन्छ भन्ने पनि जानकारी दिने
– ९.४ पिएस पावर, १०.५ एनएमको टर्क
– ३ भल्ब टेक्नोलोजी प्रयोग
– शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन ९ सेकेन्ड
– १२ इन्चको एलोय ह्विल, फ्रन्ट डिस्क ब्रेक, एलइडी डे टाइम रनिङ ल्याम्प
होन्डा एक्स ब्लेड
मूल्यः २ लाख ८५ हजार ९ सय रुपैयाँ
– १६२.७ सिसी इन्जिन
– रोबो फेस एलइडी हेडल्याम्प
– नेपालको सडकका लागि उपयुक्त, स्पोर्टी र मस्कुलर लुक
– ५ विभिन्न रंगमा उपलब्ध
– स्ट्रिट टेक डिजिटल मिटर, लामो र आरामदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट मफ्लर, रेजर एज्ड एलइडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन
– ५ गियर
– ८ हजार ५ सय आरपिएममा १३.९३ उच्च शक्ति
– ६००० आरपिएममा १३.९ एनएम उच्च टर्क
– १२ लिटर इन्धन क्षमता, ४५ किलोमिटर माइलेज
एसडब्लुएम
मूल्यः १४ लाख ६० हजार रुपैयाँ, १६ लाख रुपैयाँ, २३ लाख ५० हजार रुपैयाँ
– नाडा अटो शोमा पहिलो पटक सार्वजनिक
– सिल्भर भेस ४४०, आरएस ३००आर र सुपरडुअल ६५० गरी तीन मोडल
– डर्ट, क्रुजर तथा एडभेन्चर टुर मोटरसाइकलको रूपमा रहेको
– इटालीमा सन् १९७१ देखि उत्पादित फरक बनावट र आकर्षक डिजाइनका कारण लोकप्रिय
रोयल एनफिल्ड हिमालयन
– ४११ सिसी
– ४ स्ट्रोक एयर कुल्ड इन्जिन
– ६५ सय आरपिएममा २४.५ बिएचपी पावर
– उच्चतम टर्क ३२ एनएम
– ५ गियर
–ग्राउन्ड क्लियरेन्स २२० एमएम
– इन्धन क्षमता १५ लिटर
– डबल डिस्क ब्रेक
– एलइडी टेल ल्याम्प
हार्ले डेभिडसन
मूल्यः ४५ लाख रुपैयाँ तर, तत्कालका लागि बिक्री नगर्ने कम्पनीकोे भनाइ ।