site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मत बढी ल्याउने हिलारी, विजयी हुने ट्रम्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनावमा इलोक्टोरल सदस्यको संख्या रिपब्लिकन उमेदवार डोलाल्ड ट्रम्पको पक्षमा आएर ४५औं राष्ट्रपतिको रूपमा निर्वाचित भएको भएपनि लोकप्रिय मत अथवा देशभरिका जनताले दिएको कुल मत भने हिलारीको पक्षमा गएको समाचार संस्था सीएनएनले जनाएको छ ।
बुधबार साँझसम्मको मत गणनामा पराजित उमेदवार पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले झिनो अग्रता लिएकी छन् ।  ९२ प्रतिशत मत गणना हुँदा हिलारीले देशभरबाट ४७.७ प्रतिशत मत पाएकी छन् भने ट्रम्पले ४७.५ प्रतिशत पाएको बताइएको छ । हिलारीले ५ करोड ९७ लाख ५५ हजार २ सय ८४ मत पाएकी छन् भने ट्रम्पले ५करोड ९५ लाख ३५ हजार ५ सय २२ मत पाएकी छन् । दुई जनाबीच जम्मा  दुई लाख १९ हजार ७ सय ६२ फरक भएको बताइएको छ । 
ट्रम्प तिनै व्यक्ति हुन्, जसले २०१२ को चुनावमा रिपब्लिकन उमेदवार मिट रोम्नीले हार्दा इलेक्टोरल कलेज प्रणालीको विरोध गर्दै यो व्यवस्था ‘प्रजातन्त्रका लागि बिपत्ति’ भनेका थिए । तर, अहिले उनी सोही इलेक्टोरल कलेजको साहाराले अमेकिाको राष्ट्रपतिमा छानिएका छन् ।
यदि जनताले हालेको कुल मतको हिसाबले राष्ट्रपति छानिने व्यवस्था भएको थियो भने यो वर्ष हिलारी राष्ट्रपति छानिने थिइन् ।
यसअघि सन् २००० मा पनि रिपब्लिकन उमेदवार जर्ज डब्लु बुसले डेमोक्रेटिक उमेदवार अल गोरलाई इलेक्टोरल कलेजको आधारमा हराएर अमेकिाको राष्ट्रपति छानिएका थिए ।
उक्त चुनावमा डेमोक्रेटिक उमेदवार अल गोरले बुसको भन्दा पाँच लाखभन्दा बढी मत ल्याएका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  ११:०३
प्रतिक्रिया दिनुहोस्