site stats
बाह्रखरी :: Baahrakhari
विशेष
डोनाल्ड ट्रम्पले ३० लाख अवैध आप्रवासीहरूलाई राष्ट्रपतिपदमा सपथ लिएपछि तुरन्त फिर्ता पठाउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख अवैध आप्रवासीहरूलाई राष्ट्रपतिपदमा सपथ लिएपछि तुरन्त फिर्ता पठाउने बताएका छन् । ‘म उनीहरूलाई कि देश बाहिर पठाउछु कि जेलमा हाल्छु,’ ट्रम्पले सीबीएस न्यूजसँगको कुराकानीमा बताएको दि वाशिङटन पोस्टले जनाएको छ ।
यसमा अपराधी वा आपराधिक रेर्कड भएका, गिरोहका सदस्य, लागुऔषध  डिलर हुने बताइएको छ ।
तर अमेरिकी तल्लो सदनका सभामुख तथा रिपब्लिकन पार्टीका नेता पउल रयानले भने बिना दस्तावेज अमेरिकामा बसिरहेका आप्रवासिहरुलाई पक्राउ गर्न वा प्रत्र्यपण गर्नका लागि छुट्टै प्रत्यर्पण फोर्स गर्न तयार नभएको बताएका छन्।
रायानले सीएनएन सँग भने, “हामी प्रत्र्यापण फोर्सको गठन गर्ने योजना बनाइरहेका छैनौं । डोनाल्ड ट्रम्प त्यस बारेमा योजना बनाइरहेका छैनन् ।’
यसैगरि ट्रम्पले चुनावी अभियानका क्रममा भने जस्तै मेक्सीकोसँगको सिमामा पर्खाल लगाउने बिषयमा आफू प्रतिबद्ध रहेको बताएका छन् । 
उनले पर्खालसँगै तारबार पनि लगाउन सकिने बताएका छन् । उनले भने, “केहि क्षेत्रहरूमा पर्खाल लगाउनु  बढी उपयुक्त हुन्छ ।” 
ट्रम्पले सीमा सुरक्षित भएपछि अवैध दस्तावेज बनाएर बसेका बाँकी आप्रवासी हरुका बारेमा कारबाही सुरु गर्ने पनि बताएका छन् ।
अमेरिकामा गत मंगलवार भएको राष्ट्रपति चुनाव रिपब्लिकन पार्टी का उमेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनलाई हराएका थिए ।
ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् । अमेरिकाका दुबै सदनमा  रिपब्लिकन पार्टीको बहुमत छ ।
अमेरिकामा बिना दस्तावेज बसीरहेका करीब १ करोड १० लाख आप्रवासी रहेको बताइन्छ । जसमा मेक्सिकोबाट आएका मानिसहरु  धेरै छन् ।
ट्रम्पले चुनाव अभियानका क्रममा राष्ट्रपति बराक ओबामाकोे कार्यकालमा सुरु भएको माफी योजना उल्टाउने र आप्रवासन कानुन  प्रभावकारी हिसाबले लागु गरिने बताएका थिए । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०७:५९
प्रतिक्रिया दिनुहोस्