site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एभरेष्ट बैंकको नाफा ५१ करोड ३४ लाख
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एभरेष्ट बैंक लिमिटेडले नाफा बढाउन सफल भएको छ ।
चालु आवको असोजसम्म बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३६ करोड ३७ लाख रुपैयाँ थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १५ करोड रुपैयाँ बढेको छ । गत आवमा बैंकले कुल १ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण अनुसार नाफा, निक्षेप परिचालन र कर्जा लगानी बढेको छ । यस्तै खराव कर्जाको अनुपात ज्यादै न्युन  हुनुका साथै प्रतिसेयर आम्दानी पनि बढेको छ । 
गत असोजसम्म बैंकले ८९ अर्ब १५ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७६ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै बैंकले ६९ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ । आउदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउनु पर्ने छ । 
समीक्षा अवधिमा बैंकको खराव कर्जा अनुपात ०.३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ बढी छ । बैंक भारतको पञ्जाव नेश्नल बैंकको साझेदारीमा स्थापना भएको हो । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०९:१९
प्रतिक्रिया दिनुहोस्