site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले मधेसविरोधी पार्टी कसरी भयो ?: नेता नेपाल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
लहान । नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् । 
सिरहाको लहानमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा पनि अहिलेको संविधान उत्कृष्ट छ, यदि संविधानमा मधेसविरोधी कुनै दफा, उपदफाहरु छन् भने मधेसवादी दलहरुले देखाउन् ।” 
अमेरिकामा ५५ प्रतिशतले संविधान बनाए, भारतमा ६० प्रतिशतले, तर नेपालमा ९० प्रतिशतले संविधानलाई मन पराएका छन्, उनले भने“ संविधान बन्दा केही असन्तुष्टि हुनु स्वाभाबिक हो, पछि सबैको चित्त बुझिहाल्छ ।” 
एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत हो भन्दै उनले एमाले मधेसविरोधी पार्टी कसरी भयो ? प्रमाणित गरेर देखाउन चुनौती समेत दिए । 
अङ्गीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जान पाउनुपर्ने माग गलत भएको टिप्पणी गर्दै उनले अङ्गीकृत नागरिकता लिएकालाई राष्ट्राध्यक्ष, प्रधानमन्त्री बनाउने माग कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । रासस 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १८:२७
प्रतिक्रिया दिनुहोस्