
काठमाडौं । सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई आफूले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा जम्मा चार लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाइ ठगी गरी फरार भएका थिए ।
उनलाई काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटमा फेला पारी ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।