site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुनिता स्वेदश गान लिएर आउँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । गायिका सुनिता दुलालको स्वेदश गान आफ्नो स्रोतामाझ ल्याउने भएकी छन् । विशेषगरी तिज र लोकदोहोरी गीत गाउने उनले स्वदेश गान बजारमा ल्याउन लागेकी हुन् । 
सुरेश अधिकारीको संगीत र कुमार विवाहितको शब्द रहेको गायिका दुलाले बताइन् । “तिज, दसैं र तिहाराका सांगीतिक कार्यक्रममा व्यस्तता पछि  स्वदेश गान लिएर आउँदैछु, सबैले मन पराइदिनु हुन्छ भन्ने अपेक्षा गरेकी छु,” गायिका दुलालले भनिन्,  “एक/दुई महिनाभित्रै गीत बजारमा आउँछ ।” 
घाम लाग्यो महाकाली तिर बोकेर मेचीको सन्देश
सुनाउँदै विश्वभरी खबर नेपाल यो कति राम्रो देश 
सगरमाथा शिर रहेछ पहाड चौडा परेको छाती 
हिमाल तराई मिलीजुली बस्ने नेपालीका धेरै जाती 
जीवन बोकी बग्ने नदी बनमा जडी ओखती 
हेर्दा यस्तो लाग्छ साथी यो स्वर्गको टुक्रा होकी 
घाम लाग्यो महाकाली तिर बोकेर मेचीको सन्देश
सुनाउँदै विश्वभरी खबर नेपाल यो कति राम्रो देश 
 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १६:३६
प्रतिक्रिया दिनुहोस्