site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सामाजिक संजालले समाजमा विभिन्न खालको अपराध बढाएको बताएका छन् । 
११ औं महानगरीय प्रहरी दिवशको अवसरमा बुधबार बिहान महानगरीय  आयुक्तको कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले पछिल्लो समय नयाँ प्रविधी र सामाजिक सञ्जालका माध्यामबाट अपराधिक घटना बढेको भन्दै त्यसमा सचेत हुनु पर्ने बताए ।  
“विश्वमा सामाजिक सञ्जालको प्रयोग बढ्दोछ,” त्यसको प्रभाव नेपालमा पनि राम्रोसँग गरेको छ,” महानिरीक्षक अर्यालले भने, “तर नेपालमा त्यसको गलत प्रयोग हुने गरेको छ ।” 
“कुनै राम्रो कुरालाई कसैले ध्यान दिदैन, नराम्रा कुरालाई भाइरल बनाइन्छ, त्यसबाट धेरै पीडित हुनु परेको छ ।”
साइबर अपराध रोकथाम गर्न धेरै प्रयास गरेको भन्दै अर्यालले सोँचेजस्तो उपलब्धी हुन सकेको बताए ।  
अपराध गर्ने उद्देश्यले अपराधीले प्रविधी भित्रायाएको पनि अर्यालको दाबी छ । “अपराध गर्ने लक्ष्य राखेर अराधीहरुले विभिन्न प्रविधी भित्रायाएको भेटियो,” महानिरीक्षक अर्यालले भने, “प्रहरीलाई चुनौती दिने खालका प्रविधी भित्रायाएर अपराध गर्ने प्रवृती बढेको छ ।” 
कार्यक्रममा महानगरीय अपराध महाशाखामा रहेर अपराध अनुसन्धान गरेको भन्दै एसएसपी सर्वेन्द्र खनाललाई सम्मान गरिएका थियो । खनालले महाशाखामा रहेर अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो । 
त्यसैगरी काठमाडौं प्रहरी प्रमुख एसएसपी बिक्रमसिँह थापालाई पनि सम्मान गरिएको छ । ब्यवस्थित तरिकाले काठमाडौंको शान्ति सुरक्षा कायम राखेको भन्दै उनलाई सम्मान गरिएको हो । 
 

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १०:२२
प्रतिक्रिया दिनुहोस्