site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
डोल्पा । काठमाडौं लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । 
उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौं लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । 
अभिभावकको मन्जुरीबिना काठमाडौं लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिए ।  
बालबालिकासँगै तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बा आमाको अनुमतिबिना काठमाडौँ लैजाँदै थिए । 
प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौंमै अध्ययनरत रहेको बताइएको छ । 
महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ । “चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,” उनले भने । 
बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनमपतिबिना काठमाडौं लगिने गरिएको बताइएको छ । उपल्लो डोल्पामा विद्यालय भएपनि नियमित पढाइ भने हुँदैन । रासस 
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १३:१२
प्रतिक्रिया दिनुहोस्