site stats
बाह्रखरी :: Baahrakhari
देश
उत्कृष्ट सुरक्षा प्रदान गरेको भन्दै काठमाडौं एसएसपी थापा सम्मानित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । काठमाडौंको शान्ति सुरक्षा कायम गर्न खटिएर उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापालाई सम्मान गरिएको छ । 
११ औं महानगरीय प्रहरी स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौंको शान्ति सुरक्षा व्यवस्थित ढंगले कायम गराएको भन्दै थापालाई सम्मान गरेका हुन् । 
थापाले काठमाडौंमा हुने चोरी, डकैती, कालोबजारीदेखि गुण्डागर्दी नियन्त्रणमा उत्कृष्ट काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । 
कठमाडौंको सुरक्षा व्यवस्था मुलुककै इज्जतसँग जोडिएको हुने र थापाको कार्यकालमा काठमाडौंको शान्तिसुरक्षामा धेरै सुधार आएको सम्मान कार्यक्रममा प्रहरी महानीरिक्षक अर्यालले बताएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १४:५२
प्रतिक्रिया दिनुहोस्