site stats
बाह्रखरी :: Baahrakhari
देश

लुम्बिनी ।  नेपाल–भारत सीमा क्षेत्रमा बालबालिका ओसारपसार तथा बिक्री वितरण रोक्न सीमा क्षेत्रका दुईदेशीय अधिकारी एक भई काम गर्न सहमत भएका छन् । जिल्ला बाल कल्याण समितिको आयोजनामा आज रुपन्देहीको बेलहियामा सम्पन्न ‘बालबालिका बेचबिखनमा रोकथाम’ विषयक दुईदेशीय अन्तरसंवाद कार्यक्रमका दुबै देशका अधिकारीले सो सहमति जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सीमा नाकामा भइरहेकोे अपराध नियन्त्रणका लागि सबैको एकता जरुरी रहेको बताए । अन्तरसम्बादमा लुम्बिनी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतका तर्फबाट प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले र भारतका तर्फबाट मानव सेवा संस्थानका राष्ट्रिय सचिव राजेश मणिले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिवेदनमाथि नेपालका तर्फबाट सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्मा, थ्री एन्जल्सका नारायणप्रसाद दवाडी, सिद्धार्थ यातायातका अध्यक्ष सूर्यकुमार सारु, नेपाल–भारत मैत्री समाजका अध्यक्ष डा शान्ताकुमार शर्मा, र भारततर्फबाट नेपाल–भारत मैत्री समाजका राष्ट्रिय अध्यक्ष अनिल गुप्ता, हेल्पलाइन गोरखपुरका रवि यादव र श्रवण कुमारलगायतले टिप्पणी गरेका थिए ।

रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:२७
प्रतिक्रिया दिनुहोस्