site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मूर्ति खोज्दै जाँदा हतियार भेटिए, ओढारमा राखिएका अत्याधुनिक हतियार कसका हुन् ? 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जुम्लामा हातहतियार भेटिनु र प्रहरीले मान्छे पक्राउ गर्नुलाई केही वर्षपहिलेसम्म पनि अचम्म मानिन्थ्यो ।
यस्ता घटना वर्षौंमा एउटा हुने गर्थे । सानोतिनो घटना पनि जिल्लाभर तत्कालै फैलिन्थ्यो । तर, हिजोआज जुम्ला त्यस्तो छैन । जुम्लामा विभिन्न खालका आपराधिक गतिविधि निरन्तर भैरहेका छन् ।
मंसिर ११ गते प्रशिद्ध चन्दननाथ मन्दिरबाट दत्तात्रयलगायत विभिन्न देवी देवताका २१ वटा मूर्ति चोरी भए । 
प्रहरीले चोरी भएका मूर्ति खोज्दै जाँदा सोमबार मूर्ति नभई जुम्ला गज्याङ्कोट ८ स्थित ढाँडखर्क ओढारमा लुकाएर राखेको अवस्थामा ८ थान अत्याधुनिक हतियार फेला परे । 
जिल्लामा आपराधिक गविविधिमा संलग्न तथा फरार व्यक्तिहरुको खोजीमा जुटेको प्रहरीले ग्रज्याङ्कोट ८ का वेदनराज थापा र कमलराज थापालाई एक साताअघि काठमाडौंबाट नियन्त्रणमा लिएर जुम्ला पुर्यायो । 
“प्रहरीले मूर्ति चोरलाई खोजी गरेका बेला भइदियो अर्कै,” जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी गुरुविष्णु काफ्लेले बाह्रखरीसँग भने, “हामीले शंका लागेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दागर्दै उनीहरुसँग अत्याधुनिक हतियार रहेको रहस्य खुल्यो ।”
“गत असारमा पनि मेसिन गनसहित सिँजा क्षेत्रबाट ५ जना पक्राउ परेका थिए, उनीहरू पूर्वमाओवादी लडाकु हुन्,” उनले भने, “उनीहरुको बयानका आधारमा वेदनराज थापा र कमलराज थापालाई नियन्त्रणमा लिएका हौं, नेपालगन्ज र काठमाडौंबाट दुई जनालाई पक्राउ गरी जुम्ला पुर्याएर अनुसन्धान गर्दा  अपत्यारिलो ढंगले ओडार र पर्खालमा कसैले थाहा नपाउने गरी ८ थान हतियार फेला परे । ती पनि अत्याधुनिक ।”
डीएसपी काफ्लेका अनुसार स्वचालित एसएलआर दुई थान, त्यसमा लाग्ने गोली २५ थान, भारतीय सेनाले प्रयोग गर्ने एक थान अटोमेटिक पेस्तोल, २ थान रिभल्वर, कटुवा पेस्तोल २ थान, डेटोनेटर सात थान, गरी ८ थान अत्याधुनिक हतियार र त्यसमा लाग्ने गोलीहरु बरामद गरिएको छ ।
तर, उनीहरु अहिले कुन पार्टीमा कसरी सक्रिय छन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३  १२:३६
प्रतिक्रिया दिनुहोस्