site stats
बाह्रखरी :: Baahrakhari
विशेष
बाटो बदल्दै सुन तस्कर, प्रहरीले पिछा नछाडेपछि ...

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ३४ किलो सुन तस्करी गरि ल्याएको सुनको अनुसन्धान नसकिँदै प्रहरीले शनिबार काठमाडौंको बालाजु क्षेत्रबाट १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थलबाट कडा निगरानी हुन थालेपछि तस्करले तस्करीको तरिका पनि बदलेको प्रहरीले जनाएको छ ।

तस्करीको सुन भित्र्याउँदा यसअघि भरियाले रिसिभरलाई दिने र ती रिसिभरले सुन बजारमा लैजाने व्यक्तिलाई दिने गरेका थिए । तर अहिले त्यस्तो नभएको अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् । त्यसको पछिल्लो उदाहरण हो, शनिबार बालाजुमा बरामद गरिएको १५ किलो सुन । 

महानगरीय प्रहरी वृत्त बालाजुको प्रहरी टोलीले सुराकीको आधारमा शुक्रबार रातिदेखि नै उक्त गाडीको पर्खाइमा थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रसुवा नाका हुँदै धादिङको गल्छीको बाटो आएको  ना १ ज ४९६४ नम्बरको टाटा सुमोको पर्खाइमा रातभर प्रहरी कलंकीमा बसेको थियो ।

शनिबार बिहान साढे १० बजे प्रहरीले पर्खिरहेको सुमो गाडी काठमाडौं भित्रियो । सादा पोशाकमा रहेका प्रहरीले पनि उक्त गाडीको पिछा गर्न थाले ।

सुमोका चालक रविन्द्र भुजेलले कंलकीबाट सुमो बालाजुतर्फ मोडे । सुमो बालाजुबाट खोलैखोला एकान्तकुना निस्कन जब अघि बढ्यो प्रहरीले बालाजुको पुल क्षेत्रमा गाडीलाई रोक्यो ।

सुराखीले १५ किलो सुन ल्याएको भन्ने सुचना दिएको थियो, प्रहरीलाई प्रहरीले त्यही अनुसार गाडीको टायर समेत खोलेर हेरे तर कतै देखेनन्, सुुन खोज्दै जादा इन्जीनको नजिकै ब्याट्रि राख्ने ठाउमा फल्स बटम बनाएर सुन राखिएको अवस्थामा फेला पर्यो । 

“तस्करीको सुन आएको सुचना आएपछि हामी रातीदेखि उक्त गाडीको परखाईमा थियौ, गाडी आयो नियन्त्रणमा लियौ तर सुन भेटिएन,”महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी सन्तोष तामाङले भने,“चालकले पनि उम्कीन थाले, खोज्दै जादा ब्याट्रि छेउमा मेसो नपाउने गरी फलामको फल्स बटम बनाएर त्यहा भित्र सुन राखिएको रहेछ ।”

उनले थपे, भरीया र सुन बरामद भयो, यो सुन कता जान्छ भन्दै राति देखि निगरानी राखेका थियो, तर भरीयाले सुन ब्याक्तिलाई नदिएर बाटोमा साँचो सहित डागी छाडेर साईट लाग्ने निर्देशन रहेछ । 

उनका अनुसार भुलेलले रसुवाबाट पनि यसैगरी सुन राखेको सुमो बाटोबाटै टिपेर ल्याएका थिए । उनले यसरी सुन काठमाडौं ल्याए बाफत १ लाख रुपैया पाउने बयान दिएका छन् । 

सुन  ल्याउने तरिका हेर्दा सधै यही गाडीमा यसरी सुन आउने गरेको देखिन्छ, डीएसपी तामाङले भने, थप अनुसन्धान जारी छ, सुन कसको भन्ने कुरा अहिले सम्म खुलेको छैन । 

प्रकाशित मिति: शनिबार, माघ १, २०७३  १८:३९
प्रतिक्रिया दिनुहोस्