site stats
बाह्रखरी :: Baahrakhari
विशेष

काठमाडौं । कारवाहीमा परेका सवारी चालकले आफ्ना कागजपत्र बुझ्न बुझ्न नआएपछि ट्राफिक प्रहरी महाशाखाले ६४ हजार बढी चालक तथा सवारीधनीको कागजात निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ ।

६४ हजार ४ सय ३४ वटा सवारी चालक तथा धनी कागजात नै लिन नआएपछि निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्राचार गरेको प्रहरीले जनाएको छ ।

ट्राफिक नियम मिच्ने तर ट्राफिकले लिएको कागजपत्र लिन नआउने ६४ हजार बढीको कागजपत्र निलम्बनका लागि सिफारिस गरिएको महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनकाअनुसार ट्राफिक प्रहरी महाशाखामा रहेका २०६० साल यताका ६२ हजार ४ सय ३४ वटा सवारी साधनका कागजपत्र निलम्बनका लागि यातायात पठाइएको हो ।

जसमा ४४ हजार लाईसेन्स, १४ हजार २ सय ४५ वटा सवारी दर्ता किताब र ४ हजार १ सय २९ वटा सडक इजाजतपत्र निलम्बनका लागि यातायात पठाइएको हो । 

महाशाखाको तथ्यांकअनुसार मादकपदार्थ सेवन गरी कारवाहीमा परेर कागजपत्र लिन नआउने १४ हजार ७ सय ८०, लेन मिच्ने ५ हजार २ सय ५९ र बाँकी अन्य कसुरमा परेका छन् ।

यसअघि ट्राफिक महाशाखाले २ महिना भित्र लिन नआउनेको कागजपत्र पठाउने गरेको थियो भने अबदेखि १ महिनाभित्र लिन नआउनेको कागजपत्र कारवाहीका लागि पठाउने तयारी भईरहेको डीआईजी अर्यालले बाह्रखरीलाई बताए । 

काठमाडौं उपत्यका बाहिरबाट सवारी अनुमतिपत्र लिएर काठमाडौंमा सवारी चलाउँदा कारवाहीमा परेर लिन नआउनेहरुको कागजपत्र सम्बन्धित अञ्चल कार्यालयमा पठाउने तयारी भईरहेको पनि डीआईजी अर्यालले बताए । 

“मादक पदार्थ सेवन गर्यो, ट्राफिक कारबाहीमा पर्यो, ट्राफिकमा गएर क्लास लिने झन्झट गर्नुभन्दा लाईसेन्स लिएको अञ्चलमा गएर हरायो भन्दै नयाँ लिने गरेको भेटियो,” डीआईजी अर्यालले भने, “यस्तो देखिएपछि हामीले अब सम्बन्धित अञ्चल कार्यालयमा नै पठाउने गरेको छौं ।” 

यसैगरी ट्राफिक प्रहरीले दिएको २४ घण्टे पुर्जीअनुसार कागजात लिन नआए ३ महिना सवारी चलाउ नपाउने व्यवस्था गर्न लागिएको छ ।
“२४ घण्टे पुर्जी बोकेर २ वर्षसम्म सवारी चलाउने गरेको भेटियो,”डीआईजी अर्यालले भने, “महाशाखामा भएका कागजपत्र लामो समय लिन आउन नमानेपछि हामीले यातायात व्यवस्था विभागलाई निलम्बनका लागि पत्राचार गरेका छौं ।

तर अब तोकिएको समयमा नआएर दुई महिनाभन्दा बढी समय वित्यो भने तीन महिना सवारी साधन चलाउन नपाउने व्यवस्था गर्न हामीले विभागलाई अनुरोध गर्छौं ।”
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  १४:०८
प्रतिक्रिया दिनुहोस्