site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ट्राफिक महाशाखामा लाइनमा बस्नुनपर्ने, ‘टोकन सिस्टम’ लागु 

काठमाडौं । ट्राफिक कारवाहीमा परेकाहरुको सधैं एउटै गुनासो हुने गर्छ–‘जरिबाना तिर्न समस्या छैन तर ट्राफिक कार्यालयमा लाइनमा बस्ने झन्झटबाट मुक्ति पाए हुने ।’
हुन पनि ट्राफिक प्रहरीले लिएको कागजपत्र लिन जाँदा आधा दिन खर्चनुपर्थ्यो ।
पाँच सय रुपैयाँ जरिबाना तिर्न चार ठाउँमा लाइनमा बस्नुपर्ने बाध्यता थियो । त्यसमाथि क्लास पनि लिनुपर्दा सर्वसाधारणको दिन बित्थ्यो ।

ट्राफिक कार्यालयमा अति बढी नै दुख पाएको गुनासो बढेपछि प्रहरीले लाइनमा बस्नुनपर्ने व्यवस्था मिलाउँदैछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कारबाहीमा परेकाहरुले लाइनमा बस्नुपर्ने, दिन नै बिताउनुपर्ने जस्ता धेरै गुनासा गरे,” महानगरीय ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले भने–“त्यसैले गर्दा हामीले टोकन सिष्टम लागु गर्ने अन्तिम तयारीमा छौं । टोकन सिष्टम लागनु भएपछि लाइनमा बस्नुपर्ने झण्झट अन्त्य हुन्छ ।”
उनले टोकन सिष्टम लागु भएपछि समयको पनि बचत हुने बताए ।

उनका अनुसार पहिलो चरणमा ६ वटा टोकन प्लेट राखिनेछ । कारबाहीमा परेकाहरु महाशाखा पुग्नसाथ टोकन लिनुपर्ने हुन्छ । टोकन लिएपछि आफ्नो पालोमा बसेर कागजपत्र लिन सकिन्छ ।”

यसअघि चार ठाउँमा लाइनमा बस्नुपर्ने भए पनि अब त्यसको अन्त्य हुने डीआईजी अर्यालले बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७३  १६:२०
प्रतिक्रिया दिनुहोस्