site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाअन्तर्गतको स्याटलाइट युनिटमा कार्यरत एकजना सई स्वयं संलग्न रहेर वैदेशिक रोजगार व्यवसायीबाट असुल गरिएको डेढ करोड रुपैयाँको ठगी काण्ड भर्खरै सार्वजनिक भएको छ । तत्कालीन महाशाखा प्रमुख एसएसपी रणबहादुर चन्दका पालादेखि सुरु भएको स्याटलाइट  युनिटले विगतमा धेरै राम्रा काम गरेको भए पनि पछिल्लो घटनाका कारण उक्त युनिटको छवि बिग्रिन थालेको छ । 

उपत्यकामा कतै घटना घट्यो भने यसै युनिटको सहयोगमा अपराध अनुसन्धानको पहिलो चरण सुरु हुन्छ । स्याटलाइट टिमले अग्रसरता लिएका अधिकांश घटनाहरूको अनुसन्धान सफल भएको इतिहास छ । यस युनिटमा काम गर्ने प्रहरीहरू विशेष तालिमप्राप्त छन् । त्यो तालिम लिनेमा महाशाखाका सई सम्बत तामाङ पनि हुन् । उनै सम्बत तामाङले व्यापारी अपहण गरी पैसा असुल्ने योजना बनाएको र उनैको योजनाअनुसार वैदेशिक रोजगार व्यवसायी बद्री राईको अपहरण गरी सो रकम असुल गरिएको बुझिएको छ । राईको अपहरण गरी करिब डेढ करोडको कागज गराइएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तामाङलाई यो कामका लागि सादा पोसाकमा हिँड्ने सई सूर्यबहादुर थापाले सघाएका थिए भने यी दुई जना सईलाई अन्य दुई जना प्रहरीले सहयोग गरेका थिए । 

लगभग सेलाइसकेको यो घटना भर्खरै चर्चामा आएको छ । पीडित बद्री राईले आपूmलाई अपहरण गर्नेहरू प्रहरी नै भएको कुरा सुरुमा थाहा पाएका रहेनछन् । महानगरीय अपराध महाशाखाका डीएसपी अजय केसीले बाह्रखरीसँग कुरा गर्दै भने, ‘‘जब राईलाई प्रहरी भन्ने थाहा भयो, अनि मात्र यसको रहस्य खुल्यो ।

अपराध अनुसन्धानसम्बन्धी तालिम लिएका व्यक्ति नै यस्तो काममा संलग्न रहेको देखिनु लज्जास्पद छ ।’’ 
उनका अनुसार काभ्रेका अर्जुन लामाको योजनाअनुसार रकम असुलिएको, तर त्यस कामका वास्तविक योजनाकार तामाङ नै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७३  १४:०५
प्रतिक्रिया दिनुहोस्