site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा यसलाई बिथोल्न तराईका भूमिगत संगठन र सिके राउत समूह सक्रिय भएको सुरक्षा स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीहरु जुनसुकै तरिकाले पनि चुनाव हुन नदिने रणनीतिमा लागेका छन् ।
उच्च स्रोतका अनुसार राउत समूहले तराईका विभिन्न जिल्लामा चुनाव भाँड्न भनेर सैन्य तालिमसमेत सञ्चालन गर्न थालेका छन् ।  उक्त समूहले मध्य तराईका २–३ ठाउँमा तालिम दिएको र चुनावलाई लक्षित गरी साना हतियार थुपार्न थालेको स्रोतले जानकारी दियो । 

स्रोत भन्छ, “उनीहरुले ल्याएर राखेका हतियार अत्यन्तै सुरक्षित स्थानमा राखिएका छन् । यो खबर सुरक्षा निकायको माथिल्लो तहमा पनि पुगिसकेको छ । यसलाई राज्यले गम्भीरताका रुपमा नलिए चुनावमा समस्या हुन सक्छ । सिके राउत र भूमिगत समूह मिलेर तराईका जिल्लाहरुमा चुनाव हुन नदिने योजना बनेको छ, त्यहीअनुसार तालिमदेखि विभिन्न योजना बनिरहेका छन् ।” 

उक्त समूह मधेशी मार्चाले थालेको आन्दोलनमा घुसपैठ गरी आफ्नो योजना सफल बनाउने दाउमा लागेको स्रोतले जानकारी दियो । तराई गएका सुरक्षाकर्मीले त्यो कुरा थाहा पाएर माथिल्लो निकायमा जानकारी गराएका छन् । सुरक्षा निकायलाई यसले गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  ०५:०५
प्रतिक्रिया दिनुहोस्