site stats
बाह्रखरी :: Baahrakhari
देश
हर्न बजाउने ९ सय चालक कारवाहीमा, पाँच सय जरिबाना 

काठमाडौं । जथाभावी हर्न बजाउने करिब ९ सय सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ  । 

महानगरीय ट्राफिक प्रहरीले नयाँ वर्ष २०७४ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जथाभावी हर्न बजाउने सवारी चालकमाथी कारवाही थालेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैशाख २ गते १९ जनालाई कारबाही गरिएको थियो ३ गते ४ सय १२ जना, ४ गते ४ सय २१ जना सवारी चालक कारवाहीमा परेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी निरीक्षक मधु सिलवालले जानकारी दिए ।

“वैशाख १ गतेदेखि जथाभावी हर्न बजाउन पाइँदैन,” सिलवालले बाह्रखरीसँग कुरा गर्दै भने, “विषेश परिस्थिति परे वा ठुला मोडहरुमा विपरित दिशाबाट आएको नदेखिने अवस्थामा मात्र हर्न बजाउन मिल्छ, त्यो बाहेक हर्न बजाएमा कारवाही हुन्छ ।”

जथाभावी हर्न बजाउनेलाई के कारवाही हुन्छ ?
जथाभावी हर्न बजाउने सवारी चालकलाई ट्राफिक प्रहरीले ५ सय जरिबानाको चिट काट्ने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐनअनुसार पहिलोपटक हर्न बजाए ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रोपटकमा एक हजार पाँच सय सम्म जरिबाना गर्न सकिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हर्न नबजाउँदा दुर्घटना हुने अवस्था आएमा र घुम्तीमा मात्रै हर्न बजाउन पाइनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १५:५६
प्रतिक्रिया दिनुहोस्