site stats
बाह्रखरी :: Baahrakhari
देश
सात घण्टापछि डीआईजी सिलवालको बयान सकियो

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेस गरेका कागजात किर्ते रहेको आशंकामा परेका डीआईजी नवराज सिलवालको बयान सकिएको छ ।
उनलाई अब केहीबेरमा सर्वोच्च अदालतमा उपस्थित गराइनेछ । त्यसपछि उनलाई त्यहींबाट रिहाइ गर्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयले अर्का डीआईजी विजयकुमार भट्टको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । सोही समितिले बोलाएर बयान लिइरहेको हो । विहान ९ बजेतिर सिलवाललाई प्रहरी पठाएर सोधपुछका लागि बोलाइएको थियो ।

“बाहिर आएजस्तो सिलवाललाई पक्राउ गरिएको या नियन्त्रणमा लिइएको होइन,” भट्टले बाह्रखरीसँग कुरा गर्दै भने, “उहाँमाथि लागेको आरोपको सम्बन्धमा छानविन गर्न बनेको समितिले सोधपुछका लागि बोलाएको मात्रै हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकारले मेरो नेतृत्वमा सिलवालले अदालतमा पेस गरेका कागजपत्र प्राप्तीको स्रोत पत्ता लगाउन छानविन समिति बनाएको हो,” उनले भने, “उहाँलाई सोधपुछका लागि कार्यालयमा बोलाएका हौं । सम्मानजनक पत्रसहित प्रहरीलाई बोलाउन पठाएका थियौं, उहाले म आफैँ आउँछु भन्नुभयो । उहाँले फेरि कानुन व्यवसायी  पनि साथमा लिएर आउँछु भन्नुभयो । हामीले त्यो पनि मान्यौं । उहासँग सरकारी सवारी साधन, गार्ड र निजी सुरक्षाकर्मी छन् । त्यही सेवा सुविधासहित उहाँ आफ्नो वकिलको कार्यालयमा पुग्नुभयो । कानुन व्यवसायीका साथमा उहाँ कार्यालयमा आउनुभयो ।”

सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्नू भन्ने आदेश दिएपछि अहिले उनलाई सर्वोच्चमा उपस्थित गराएर रिहा गर्न लागिएको हो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४  १५:४९
प्रतिक्रिया दिनुहोस्