site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिलो चरणको निर्वाचन सुरक्षाका लागि ४५ हजार प्रहरी खटिए 

काठमाडौं । वैशाख ३१ गते हुन लागेको पहिलो चरणको निर्वाचन सुरक्षामा ४५ हजार बढी प्रहरीहरु फिल्डमा खटिइसकेका छन् ।
प्रहरी कर्मचारी र म्यादी प्रहरी गरी ४५ हजार बढी चुनावी सुरक्षाका लागि खटिएको नेपाल प्रहरीले जनाएको छ ।

वैशाख ३१ गते ३ वटा प्रदेशमा मतदान हुँदैछ । २२ हजार ६ सय १५ जना प्रहरी कर्मचारी तथा २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले ४ हजार ८ सय ८७ जना प्रहरी कर्मचारीलाई थप मद्धतका लागि पहिलो चरणको निर्वाचन हुने स्थानमा खटाएको जनाएको छ । त्यस्तै प्रधान कार्यालयले २ सय २० वटा सवारी साधन पनि उक्त प्रदेशमा पठाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय निकायको पहिलो चरणमा वैशाख ३१ गते हुने निर्वाचन सुरक्षाका लागी प्रहरी प्रधान    कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर तथा दिपायल, प्रहरी युक्ति महाविद्यालय र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट गरी प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने जिल्लाहरुमा थप मद्धतका लागि पठाइएको छ ।

खटाइएकामध्ये गोरखामा ५ सय ५५, बाग्लुङमा १०, नुवाकोटमा ६ सय १४, पर्वतमा २५, काभ्रेमा ६ सय ५१ सिन्धुपाल्चोकमा ४ सय ५१, स्याङजामा ७०, म्याग्दीमा १२, धादिङमा ३ सय १३, लम्जुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहँुमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा ३ सय ९३, नवलपरासीमा ५, सिन्धुलीमा १ सय ३०, दोलखामा १ सय ८६, रामेछापमा १ सय २४, दैलेखमा १ सय ४२, कालीकोटमा १ सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सुर्खेतमा १ सय २९, सल्यानमा ४ सय २५ र रुकुममा ५७ जना थप प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।    

निर्वाचनको घोषणा भए पश्चात प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष २०७४ स्थापना गरी प्रहरी परिचालन गर्दै आएको छ । 
यसैबीच प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचन सुरक्षामा जुट्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

“चुनाव हुन्छ, सरकारले तयारी तीव्र पारेको छ,” उनले प्रहरी मुख्यालयमा सोमबार प्रहरी अधिकारीलाई निर्देशन दिँदै भने, “निर्वाचन सम्पन्न गराउन प्रहरीलाई ठुलो अवसर र चुनौती छ । त्यो पूरा गर्न रात दिन नभनि लाग्नु र लगाउनू ।”
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०७४  ०५:०५
प्रतिक्रिया दिनुहोस्