site stats
बाह्रखरी :: Baahrakhari
देश
आईजीपी ब्रिफिङ: राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्नू
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राष्ट्र स्थानीय तहकको चुनावमा  होमिइसकेको भन्दै निर्वाचनमा खटिएका प्रहरी कर्मचारीहरुलाई निर्भिकताका साथ अत्यन्त इमानदार भई सुम्पिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । 
कुनै भ्रम, अफवाहमा नरुमलिएर पूर्ण बफादारिताका साथ जिम्मेवारी गर्न आईजीपी अर्यालले उपत्यकाका प्रहरी अधिकृतलाई एक ठाउँमा राखेर निर्देशन दिएका हुन् । 
उनले भने, “प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्नेमा रत्तिभर शंका छैन, हाम्रो काँधमा आएको जिम्मेवारी पूरा गर्न हामी सक्षम छौैं त्यही अनुसार काम गर्नू ।”
महानिरीक्षक अर्यालले सबै प्रहरी कर्मचारीहरुले आफ्नो धरातल नबिर्सी प्रहरी संगठनको गरिमालाई कायम राख्न कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिए । कसैले कल्पना नगरेको परिस्थितिको सामना हाल नेपाल प्रहरीले गरिरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले भने, “यसप्रति हुने कुनै पनि टीकाटिप्पणीतर्फ सचेत हुनुपर्ने बेला छ, विचार गरी काम गर्नू ।” 
संगठनको छवि र गतिलाई गर्विलो बनाउनुपर्ने अहिलेको समय भएको भन्दै अर्यालले संगठनको नीति र मर्यादामा आँच आउने अव्यवसायिक र अमर्यादित क्रियाकलापलाई कारबाहीको दायरामा ल्याउन आफू अडिग रहेको बताए । हालको चुनौतीपूर्ण अवस्था र अन्यौलतालाई एकतावद्ध भई संवेदनशीलताका साथ सामना गर्नुपर्नेमा उनले जोड दिएको भेलामा सहभागी प्रहरी अधिकृतले बताए । 
नगर प्रहरीको सभाहलमा उपत्यकाभरीका प्रहरी अधिकृतलाई भेला पार्दै आईजीपी अर्यालले यस्तो निर्देशन दिएका हुन् । 
प्रहरी महानीरिक्षकले नै उपत्यकाभरीका प्रहरी अधिकृतलाई एकैठाँउमा राखि ब्रिफिङ गरेको पहिलो हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०७४  १७:२८
प्रतिक्रिया दिनुहोस्