site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री र गभर्नरको कुरा सुन्दा व्यवसायी त्रासमा छन् :  वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्री र गभर्नरको कुराले व्यवसायी त्रासमा रहेको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रि–बजेट छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लोपटक वित्त नीति ‘टाइट’ भएको भन्दै मौद्रिक नीतिबाट समस्या समाधान खोज्ने बताएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, त्यस भनाइलाई काउन्टर दिँदै केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ठूलो भार बोक्न नसक्ने, जबर्जस्ती बोकाए दुर्घटना हुने बताएका थिए । सोही अभिव्यक्तिलाई लक्षित गरी श्रेष्ठले व्यवसायी त्रासमा रहेको बताए ।

“अर्थमन्त्रीज्यूले केही दिनअघि फिस्कल पोलेसी टाइट भएको भन्दै मौद्रिक नीतिबाट व्यवसायीका समस्यको समाधान खोज्ने भन्नुभएको थियो । तर, गभर्नरज्यूले राष्ट्र बैंकले ठूलो भारी बोक्न नसक्ने बताउनु भयो,” उनले भने, “ती कुराले व्यवसायी त्रासमा छन् । बजेटले व्यवसायीका कुरालाई सम्बोधन गरोस् । टार्ने काम नहोस् ।”

त्यस्तै, बजेटले उत्पादन र रोजगारी सृजना गर्नमा जोड दिनुपर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्