site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिको राहदानी जफत गरियोस् : सांसद अर्याल
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मानिसहरूको राहदानी जफत गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफलमा बोल्दै उनले देश छोडेर भाग्न सक्ने खतरा भएकाले भ्रष्टचारमा नाम जोडिएकाहरूको राहदानी तुरून्त जफत गर्न माग गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“देश छाडेर भाग्न सक्ने खतरा भएकाले भ्रष्टचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्,” उनले भने, “भुटानी शरणार्थीको विषय सुरुआत मात्र हो । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्छ ।”

साथै, उनले अनुसन्धानमा सरकारले खुट्टा नकमाओस् भन्दै प्रहरीले पनि बीचमै प्रमाण हराउन नहुने जिकिर गरे । अभियुक्त बचाउन खोजे पार्टीले सडक र सदनबाट प्रतिरोध गर्ने उनले जानकारी दिए ।

“प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्छ, प्रहरीले मिहेनत गरेर जुटाएको प्रमाण बीचमै हराउनु हुँदैन,” उनले भने, “खबरदार, अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने रास्वपाले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ ।”

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्