site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुशासनका लागि स्थायी सरकार आवश्यक : रामहरि खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका लागि स्थायी सरकार आवश्यक रहेको बताएका छन् । 

अल्टरनेटिभ फाउन्डेसशनको आयोजनामा बुधबार आयोजित ‘सुशासनको राष्ट्रिय सूचक निर्माणका लागि राष्ट्रिय परामर्श गोष्ठी’मा सभापति खतिवडाले वर्तमान शासन व्यवस्था र राज्यको पद्धति बलियो, पारदर्शी र भरपर्दो बनाउन सके सुशासन कायम हुनसक्ने बताए । “स्थायी सरकार नबन्नु समस्या हो, सुशासनका लागि स्थायी सरकार आवश्यक छ, शासन राम्रो हुनु नै सुशासन हो,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सुशासनको सन्दर्भमा राजनीतिक दलहरूले मात्रै नभइ आम नेपाली नागरिकले समेत आफ्नो जिम्मेवारी र जवाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । 

 

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्