site stats
बाह्रखरी :: Baahrakhari
देश
जिपको ठक्करबाट शिक्षिकाको मृत्यु
प्रतीकात्मक तस्बिर।

दाङ । दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ९२३ नं को जिपले सोही दिशातर्फ गइरहेको रा७प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उनलाई  विद्यालयमा जानेक्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्