site stats
बाह्रखरी :: Baahrakhari
देश
लोकसेवा आयोगद्वारा पुनः दरखास्त पेस गर्न आह्वान

काठमाडौं । लोकसेवा आयोगले पुनः दरखास्त पेस गर्न आह्वान गरेको छ ।

आइतबार सूचना जारी गर्दै आयोगले विभिन्न पदमा आवेदन दिएका उमेदवारलाई पुनः दरखास्त पेस गर्न आग्रह गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोगबाट २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित पदका लागि वैशाख २० मा पुनः दरखास्त आह्वान गरिएको थियो ।

तर, केही उमेदवारहरूले अझै दरखास्त दिन बाँकी देखिएकोले उक्त विज्ञापनहरूमा यसपूर्व दरखास्त पेस गरी दरखास्त स्वीकृत भई प्रवेशपत्र जारी भइसकेकालगायत सबै उमेदवारहरूले अनिवार्य रूपमा जेठ १८ गतेभित्र पुनः दरखास्त पेस गर्न आयोगले आह्वान गरेको छ ।

आयोगको सूचना हेर्नोस्

lok sewa aayog1685237353.JPG

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्