site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इजरायलबाट जोर्डन हुँद मुम्बई पुगे विराटनगरका मेयर कोइराला
नागेश कोइराला । फाइल तस्बिर ।

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायल–इरान युद्धका कारण प्रभावित कार्यक्रमपछि स्थलमार्गबाट जोर्डन हुँदै भारतको मुम्बई पुगेका छन् । कोइराला बिहीबार (असार ५) साँझसम्म काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

इजरायली विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी, कृषि प्रविधि तथा सहरी विकाससम्बन्धी अध्ययन भ्रमणका निम्ति मेयर कोइराला गएको जेठ २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । कार्यक्रम असार ५ गतेसम्म हुने तय थियो । तर, यसबीचमा सुरु युद्धले भ्रमण प्रभावित भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युद्धका कारण इजरायलका सबै विमानस्थल बन्द गरिएकाले उनी स्थलमार्ग हुँदै जोर्डन गएका थिए । त्यसपछि कुवेत, भारतका मुम्बई र नयाँ दिल्ली हुँदै उनी स्वदेश फर्कने क्रममा छन् ।

मेयर कोइरालाले युद्ध तत्काल रोकिने सम्भावना नरहेको भन्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सकुशल स्वदेश फर्काउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्