site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बधाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन्। बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् ।

बाइडेनले ट्वीटमा लेखेका छन्, "टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुन: निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम  गर्न चाहन्छु ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो।  यत्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

ब्लिन्केनले ट्वीट गर्दे लेखेका छन्, "राष्ट्रपति एर्दोगानलाई पुन: निर्वाचित भएकोमा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्की एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु।"

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । ।

एर्दोगानले खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेको सीएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्यांकलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले ४७.८६ प्रतिशत प्राप्त गरेका छन् । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्