site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल–भारत सीमा विवाद समाधान हुन्छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका छन् । 

उनले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको बताएका छन् ।  उनले सीमा विवाद पनि यहीँ भावनाका साथ समाधान हुने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद पश्चात् हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताए । 

“हामी हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ,” उनले भने, “यही भावनाका साथ हामी सबै विषयमा संवाद गर्नेछौँ र समस्या समाधान गर्नेछौँ । सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।”

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्