राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका तीन नेताको बैठक बस्दै छ । प्रधानमन्त्री ओलीसहित सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल हुन लागेको हो ।
सिंहदरबारमा आज दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा संसद्मा विचाराधीन निजामतीसहितका विधेयकबारे छलफल हुने स्रोत बताउँछन् ।
संसद्को अवरुद्ध भइरहेकाले बैठकको समय परिवर्तन पनि हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्