site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस भित्रका सबै गुटहरूलाई भत्काउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् । 

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, “कांग्रेस पुनःर्निमाणका निम्ति सबै गुटहरूलाई भत्काउनुपर्छ । ”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरूको साथ छोड्न आग्रह गरे । 

“नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिका कुराबाट आजित छन् । यी तीन कुराहरूलाई हटाउँछ भन्ने विश्वास पार्टीले दिलाउन सक्नुपर्छ,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्