देश

बाजुरा । बाजुरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी छन् ।
रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए । रासस
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्